आज :

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नजिक पुग्यो, काठमाडौंका अस्पताल भरिए

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नजिक पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार अहिलेसम्मकै धेरै एकै दिन ४ हजार ३६४ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

मन्त्रालयका प्रवक्ताले डा. जागेश्वर गौतमले देशभर विहीबार संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको जानकारी दिएका थिए । यो विहीबार दिउँसोसम्मको विवरण हो । शुक्रबार विहानसम्म आइपुग्दा देशभरीका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएर लाख नजिक पुगेको छ ।

विहीबार नमूना परीक्षण पनि यसअघि भन्दा धेरैको भएको थियो । देशभरका प्रयोगशालामा १८ हजार ४७३ नमुना परीक्षण गर्दा १५६१ महिला र २८०३ पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी सक्रिय संक्रमितको संख्या २७ हजार नजिक पुगेको छ । विहीबार २६ हजार ६८४ सक्रिय संक्रमित रहेकोमा त्यसमा थप भएका छन् । उनीहरुमध्ये १४ हजार ९६९ होम र ११ हजार ७१७ संस्थागत आइसोलेसनमा छन् ।त्यस्तै २३५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालमा कोरोना जितेर घर फर्किनेको संख्यामा ७२ हजार नजिक पुगेको छ । विहीबार थप २ हजार ६७५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ७१ हजार ३४३ पुगको थियो । शुक्रबार विहान त्यसमा थपिएका छन् ।

विहीबार काठमाडौं उपत्यकामा पनि सबैभन्दा धेरै संक्रमित थपिएका छन् । हजारदेखि पन्ध्र सयको हाराहारीमा थपिएका संक्रमित विहीबार एकै दिन २ हजार ५४० पुगे । जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् । योसँगै काठमाडौंका अस्पतालहरुमा कोरोना संक्रमितले भरिएका छन् ।

विहीबार मोरङका २४९ जना, सुनसरीका २१४, रुपन्देहीका १९९, सुर्खेतका १०६, मकवानपुरका १०५, कैलालीका ७५, धादिङका ७१, चितवनका ६९, बाँकेका ५७, झापा र दाङ ५५/५५ जना, सिराहाका ४८, उदपयुरका ३२, काभ्रेका २९, धनुषा र नवलपुरका २८/२८ जना, अर्घाखाँचीका २७, सप्तरीका २५ , नवलपरासी, पाल्पा र कञ्चनपुरका २१/२१ जना, कास्कीका १९ जना तथा रौतहट र गुल्मी १८/१८ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बारा र सर्लाहीका १४/१४ जना, सिन्धुपाल्चोक, स्याङ्जा १३/१३ जना, इलाम र बाग्लुङका १२/१२ जना, पर्सा र गोरखाका ११/११ जना, तनहुँ, बर्दिया र अछामका १०/१० जना, महोत्तरी, कपिलवस्तु र डोटीका ७/७ जना, तोप्लेजुङ, कालीकोट र जुम्लाका ६/६ जना, रामेछाप र रुकुम पश्चिमका ५/५ जना, ओखलढुंगा, खोटाङ, भोजपुर, दैलेख र सल्यानका ४/४ जना, तेह्रथुम, धनकुटा, संखुवासभा, नुवाकोट, सिन्धुली, लमजुङ, डोल्पा र हुम्लाका ३/३ जना, पाँचथर र सोलुखुम्बुका २/२ जना तथा दोलखा, पर्वत, प्युठान, रोल्पा, डडेलधुरा, बझाङ र बैतडीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal