काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा करोना संक्रमण देखिएपछि मुख्यालय तिन दिन बन्द हुने भएको छ भने कर्मचारी एक हप्ताको लागी क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फाले बिहीबार एक सुचना जारी गदै ३ दिनका लागि रहेको मुख्यालय बन्द गर्ने जानकारी गराएको छ ।
एन्फा)ले संक्रमित कर्मचारीको सम्पर्कमा रहेका सबैलाई एक सातासम्म क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा संक्रमण बढ्दै जाँदा सबै क्षेत्र प्रभावित हुँदै आएका छन् । यसैबिचमा केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि (एन्फा)ले मुख्यालय बन्द गर्ने निर्णय गरेको हो ।