काठमाडौँ । विश्वभर करोडौ मानव जातिमा तिब्र गतिमा फैलिरहेको कोरोना भारईस अब मानिसहरुबाट जनावरमा सर्न सक्ने चिन्ता बढेको एक अध्यानले देखाएको छ ।
मोमेला रिभियु जर्नलमा प्रकासित एक अध्यानले अब सार्स–२ तथा कोरोना भाईरस जँगली जनावरमा फैलिने सम्भावना रहेको र यस्ले धेरै जनावरमा असर गर्ने खतरा बढेको देखाएको छ ।
प्रकाशित उक्त अध्यानका अनुसार कोरोनाको विषाणुलाई मानिसबाट वन्यजन्तुमा सार्न सक्ने धेरै सम्भावना रहेको बताएको छ । यदि यसरी फैलियो भने केही जंगली स्तनपायी जन्तुहरूबाट फेरी मानव जिवनमा रोग ल्याउन सक्ने बताएको छ । जुन अहिलेको परिस्थीति भन्दा खतरापुर्ण हुन सक्छ ।
यदि जनावरहररु कोरोना संक्रमित भएभने विश्वभर यस रोगले ठुलो समस्य उत्पन्न गराउन बतावरण बन्न सक्ने भएकाले अनुसन्धानकर्ताहरुले यो कुराको ख्याल गर्न तथा सकभर बन्याजन्तुहरुलाई जोगाउनु पर्ने बिचार राख्दै आएको छन् ।