आज :

कोरोना संक्रमणबाट रुपन्देहीमा एक जनप्रतिनिधिको ज्यान गयो

बुटवल । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा एक जनप्रतिनिधिको ज्यान गएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य सुवोध तुलाचनको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा निधन भएको हो ।

इन्जिनियरसमेत रहेका तुलाचनको बुधबार राति निधन भएको अस्पतालले जनाएको छ । उनी नेपाली काँग्रेसबाट गत स्थानीय चुनावमा निर्वाचित भएका थिए ।

वडा अध्यक्ष चेत बहादुर क्षेत्रीका अनुसार असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । असोज १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउँदा शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएकोले रेमिडिसिभर औषधि दिएर भोलिपल्टै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उनको स्वास्थ्यमा सुधार हुन सकेन । तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal