आज :

केएमईको व्यवस्थापनमा अक्टोबर ९ मा नेपाल फर्किने यात्रुले अनिवार्य पीसीआर परीक्षण गराउनु पर्ने

काठमाडौं । केएमई ट्राभल एण्ड टुर्सको व्यवस्थापनमा पर्सी अर्थात अक्टोबर ९ कोरोयाबाट नेपाल फर्किने यात्रुहरुले अनिवार्य कोरोनाको पीसीआर परीक्षण गराउनु पर्ने छ । कोरियन एअरको इन्चन – काठमाडौँ उडानबाट स्वदेश फर्किने तयारीमा रहेका यात्रुहरुलाई आज अनिवार्य कोरोना भाइरसको आरटी- पीसीआर परीक्षण गराउन केएमईले आग्रह गरेको छ ।

केएमईका कार्यकारी निर्देशक विनोद कुँवरका अनुसार परीक्षणको रिपोर्ट भोलि आउने गरी आफूलाई नजिक पर्ने अस्पतालहरुमा परीक्षण गराउन आग्रह गरिएको छ । असोज २३ गते हुने उक्त उडानको बोर्डिङ स्थानीय समयअनुसार विहान १० बजे हुनेछ भने उडान दिउँसो ३ बजे हुनेछ ।

कोरोना परिक्षण RT-PCR टेष्ट को लागि यात्रुहरुले अनिबार्य रुपमा पालना गर्नु पर्ने नियमहरु:

– RT-PCR जाँच गरेकाे रिपोर्ट सर्टिफिकेट अनिबार्य अंग्रेजीमा हुनुपर्ने छ र आवश्यक सावधानीका लागि कोरियन भाषाको सर्टिफिकेट पनि साथमा राख्नु पर्ने ।

– COVID -19 RT-PCR Test- negative भनी खुलाईएको हुनुपर्ने छ र अन्य COVID-19 Test- Negative लेखिएकोलाई मान्यता दिने छैन। साथै, एउटा सक्कल र एउटा प्रतिलिपी कपी साथमा लिएर आउनुपर्ने छ । एक कपी इन्छन एयरपोर्टको चेकइन काउन्टरमा बुझाउन र अर्को साथमा राख्नु पर्नेछ । परिक्षण अवधि बिमान चड्ने समयसम्ममा अधिकतम ७२ घण्टा भन्दा कटेको हुनु हुँदैन।

– RT-PCR जाँचेकाे मिति र नतिजाकाे मिति र समय समेत स्पष्टरूपमा उल्लेख गर्नुपर्ने र जाँचेकाे मिति र नतिजाकाे मितिमा कम्तीमा पनि ८ घण्टाको अन्तर हुनुपर्ने छ। टेष्ट मिति- समय साथै रिपोर्ट आएको मिति- समय एउटै रहेकोलाई आधिकारिक मानिने छैन।

– परिक्षण अनिबार्य रुपमा सरकारी वा निजि अस्पतालबाट गरिएको हुनुपर्नेछ । बोगन्सको परिक्षणको नतिजालाई मान्यता दिइने छैन।

-रिपोर्टमा अस्पतालको आधिकारिक छाप (तोक)भएको हुनुपर्ने छ। अन्यथा, छाप नभएको, सही नभएको, हातले लेखेको, केरमेट भएको वा सच्याईएको हुनुहुदैन्

– रिपोर्ट लिँदा नाम, ठेगाना, मिति लगायत आफ्नो विवरण सही भएको नभएको चेक गरेर मिले नमिलेको आफैले हेरी लिनु होला ।

नोट : सहजताको लागि सम्बन्धित अस्पातलको नाम, ठेगाना र सम्पर्क नम्बर साथै RT-PCR रिपोर्ट को फोटो sample को रुपमा राखिएको छ र यदि कुनै कठीनाइ परेको अवस्थामा अथवा थप जानकारीको लागि केएमईको कार्यालयमा गर्न सकिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal