
काठमाडौं । नेपालमा कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या ६८ हजार नजिक पुगेको छ । मंगलबार २ हजार ३४० जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको थियो ।
सोमबार साँझ र बुधबार विहानसम्म विभिन्न प्रयोगशाला गरिएको परीक्षणमा थप व्यक्तले कोरोना जितेका हुन् । केही दिन निको हुनेको संख्या घटेसँगै आम मानिसहरु चिन्तित बनेका थिए तर मंगलबारको विवरणले खुशीको तरंग फैलाएको छ ।
त्यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ९१ हजार नजिक पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार संक्रमितको संख्या ९० हजार ८१४ पुगेको जानकारी दिएका थिए । मंगलबार थप १ हजार ५५१ जना संक्रमित भएसँगै यो संख्या पुगेको हो ।
त्यसैगरी मंगलबार देशभर २२ हजार ७०९ सक्रिय संक्रमित पुगेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्।
कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ । मंगलबार ९ जनाको ज्यान गएको थियो । त्यसमा बुधाबर थप दुई जनाको ज्यान गएको छ । मंगलबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको गौतमले जानकारी दिए ।
देशभर सबैभन्दा धेरै संक्रमित काठमाडौंमा भेटिएका छन् । मंगलबार पनि काठमाडौं उपत्यकाका मात्रै १०१७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । जबकी देशभर १५ सय ५१ संक्रमित भेटिएका थिए ।