आज :

कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुग्यो, सोमबार १५ सय ५१ थपिए

काठमाडौं । नेपालमा थप १५ सय भन्दा बढी संक्रमित भेएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै अब नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।

आज पनि काठमाडौं उपत्यकामा एक हजार भन्दा बढी संक्रमित भेटिएका छन् । प्रवक्ता गौतमका अनुसार उपत्यकामा मात्र १०१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal