आज :

सत्तारूढ नेकपालाई काउन्टर दिदै भालुबाङ राजधानी बिपक्षमा मतदान गर्न कांग्रेसले जारी गर्यो ह्विप

काठमाण्डौं । प्रदेश नम्बर ५ को राजधानी दाङको भालुबाङमा राख्ने प्रश्ताव स्वीकार गरेर पक्षमा मतदान गर्न आफ्ना सबै शासदहरुलाई सत्तारुढ नेकपाले ह्विप ९दबाब दिने कार्य० जारी गरेको थियो । यसैबिच फेरी काउन्टरमा नेपाली कांग्रेसले सत्तारूढ नेकपालाई काउन्टर दिदै भालुबाङ राजधानी बिपक्षमा मतदान गर्न आफ्ना शासदहरुलाई ह्विप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले दिएको जानकारी अनुसार प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीले निर्णय गरेको बताएको छन् । त्यस्तै उनले ‘प्रदेशको नामाकरण लुम्बिनीमा भने पार्टीको असहमति नरहेको बताएको छन् ।

राजधानी भालुबाङ नै राख्नको लागी दुई तिहाइ मत चाहिने संवैधानिक व्यवस्था हुन्छ । जसमध्ये हाल ८७ जना सांसद रहेको सत्तारुढ दल नेकपाका मात्रै ६१ सांसद छन् । दुई तिहाइ पुग्न ५८ सांसद चाहिन्छ । कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् ।

हाल दाङ राजधानी तोक्ने प्रस्तावको नेकपाका १४ सांसदले नोट अफ डिसेन्ट लेखेको छन् । नोट अफ डिसेन्ट लेखेका १४ जनाले पार्टीको कारवाही भोग्न तयार भएर विपक्षमा मतदान गरेमा भने प्रस्ताव पारित हुन कठिन छ ।

उक्त प्रस्तावमाथि प्रतिपक्षी दलहरुको विरोधका बीच सोमबार छलफल भएको र सांसदहरुले उठाएको प्रश्नको जवाफ आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal