आज :

कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, निको हुनेभन्दा संक्रमित दोब्बरले बढ्दै

काठमाडौँ । नेपालमा कोरोना निको हुने भन्दा संक्रमितको संख्या दोब्बर बढी पुगेको छ । केही दिनदेखि संक्रमितको संख्या बढिरहेको छ । सोमबार कोरोना निको हुनेको संख्या १ हजार १३३ थियो भने संक्रमितको संख्या दोब्बर बढी २ हजार २४० पुगेको थियो ।

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९० हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसोसम्म ८९ हजार २६३ जनमा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । मंगलबार विहानसम्म आउँदा त्यो संख्या ९० हजार नाघेको बताइएको छ । तर स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गर्न भने बाँकी छ ।

सोमबार  काठमाडौँ उपत्यकामा १ हजार ५३१ कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा मात्रै ४८४ महिला र ६९४ पुरुष गरी १ हजार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तैगरी भक्तपुरमा ४९ महिला र ५४ पुरुषसहित १०३ संक्रमित थपिएका छन् । अर्को जिल्ला ललितपुरमा ११४ महिला र १३६ पुरुषसहित २५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार देशभर २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार एकै दिन १९ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोनाबाट ज्यान जानेको संख्या ५५४ जना पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका थिए ।

त्यसैगरी सोमबारसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६५ हजार २०२ पुगेको छ । त्यस्तै, २३ हजार ५०७ जना अस्पताल तथा देशका विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

दशैं-तिहारलगायतका चाडहरु नजिक आउँदै गर्दा कोरोना संक्रमण पनि फैलिरहेको छ । दशैंको लागि भन्दै सर्वसाधारणले किनमिलको लागि बजारमा भिड लागेको छ । देशभरको संक्रमितको संख्या भन्दा बढी काठमाडौं उपत्यकामा पुग्न थालेको छ । अझ उपत्यकामा तीन जिल्लामध्ये काठमाडौंमा संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।

प्रधानमन्त्री निवासदेखि सुरक्षाकर्मी हुँदै समुदायमा पुगेको कोरोनाबारे सतर्कता नअपनाए नियन्त्रण बाहिर जाने सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal