आज :

प्रदेश नं ५ को राजधानी भालुवाङ सार्ने प्रस्तावः  प्रदेश सभाको बैठकमा नाराबाजी र तोडफोड

काठमाडौँ । राजधानी भालुवाङ राख्ने बिषयमा विबाद सुरु भएसगै प्रदेश नं ५ को प्रदेश सभाको बैठकमा आज नाराबाजी र तोडफोड भएको छ । बैठक शुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र तोडफोड शुरु गरेका छन् ।

सभामा प्रदेश नं ५ राजधानी दाङ भालुवाङ सार्ने र लुम्बिनी नामाकरण गर्ने विषयमा सहमती जुट्न नसक्दा प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र तोडफोड शुरु गरेपनि सांसदहरुको नाराबाजीकाबीचमा पनि राजधानीको नामाकरण र राजधानी तोक्ने विषयमा छलफल सांसदसहरुले आ आफ्ना भनाइहरु राखिरहेका छन् ।

यता प्रदेश नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई दाङको विषयमा मतदान गर्न आग्रह ह्वीप जारी गरेको थियो । त्यस्मा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

सहमति बिना नै बैठक अघि बढाइएपछि कांग्रेस आक्रोशित भएको छ । आक्रोशित बनेका कांग्रेसका सांंसदहरूले कुर्सी र टेबुल तोडफोड गरेका हुन् । सभामुखको वेल घेराउ गर्दै कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन्।

बैठकमा सभामुख पूर्ण घर्तीले कांग्रेसका सांसद्हरूलाई बस्न र बोल्न चाहे समय उपलब्ध गराउने बताएका थिए। तर पनि आक्रोशित सांसदहरूले कुर्सी तोडफोड गरेका हुन्।

अहिले पनि प्रदेशसभा हलको एक साइडमा बसेर प्रमुख प्रतिपक्ष कांग्रेसले नाराबाजी गरेर विरोध गरिरहेको छ। कांग्रेस सांसदहरूले राजधानीको प्रस्ताव फिर्ता गर्न माग गर्दै नाराबाजी गरेका गरिरहेको छन् ।

गत शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी भालुवाङ बनाउने प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal