आज :

काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण बाहिर जाँदै

काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीब्र गितमा फैलिरहेको छ । उपत्यकाका तीनै जिल्लाहरुमा निषेधाज्ञा पनि पूर्णरुपमा हटाइएको छैन । तर त्यसको प्रभाव सून्यजस्तै बन्दै गएको छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै दैनिक एक हजार माथि संक्रमित थपिन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‍आइतबार काठमाडौं उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । जबकी देशभर २ हजार २५३ जनामा संक्रमण पुष्टि भएका थिए । अझ काठमाडौंमा १३७३ जना संक्रमित भएको भेटिए । त्यस्तै, ललितपुरमा १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए ।

त्यसैगरी काठमाडौंमा थप दुई जनाले ज्यान गुमाए । जबकी देशभर ५ जनाको निधन भएको थियो ।  मन्त्रालयका अनु सार आइतबार दिउँसोसम्म कोरोनाबाट ५३५ जनाले ज्यान गुमाइसकेका छन् । त्यो संख्यामा सोमबार विहानसम्म बढेको छ । त्यस्तै आइतबार देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको थियो ।

दशैं-तिहार नजिकिँदै गर्दा काठमाडौंमा भिडभाड बढेको छ । सामाजिक दूरको मतलव नगरी मानिसहरु हिटडुल गरिरहेका छन् । यसले पनि संक्रमण फ‍ैलिरहेको छ ।

उपत्यकाका सबै अस्पताल कोरोनाका बिरामीले भरिएका छन् । कुनै पनि अस्पतालमा आइसियु खाली नभएको अस्पतालहरुले जनाएका छन् । त्यस्तै भेन्टिलेटर पनि खाली छैनन् ।

दैनिक संक्रमण दर र अस्पतालको अवस्था हेर्दा काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण बाहिर जाने देखिएको छ । काठमाडौंबासीले अहिलेको जस्तै लापरवाही गर्ने र सरकारले उपचारको व्यवस्थालाई सुदृढ गर्न नसक्ने हाे भने अवस्था डरलाग्दा हुने  विज्ञहरुले बताएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal