आज :

देशभर थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १५ सय ९९

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८६ हजार ८२३ जना पुगेको छ । आइतबार थप २ हजार २५३ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट थप ७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १ हजार ३२९ जनाले कोरोना जितेर घर फर्किएको जानकारी दिए । योसँगै कोरोना जित्नेको संख्या ६४ हजार ६९ पुगेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal