आज :

जुम्ल्याहा बच्चा जन्माएकी महेन्द्रनगरकी २९ वर्षीय महिलाले कोरोनासँग हारिन्

काठमाडौं । सुरक्षितसँग जुम्ल्याहा बच्चा जन्माएकी कोरोना भाइरसबाट संक्रमित महिलाको निधन भएको छ । कञ्चनपुरको महेन्द्रनगरकी महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

कैलालीको धनगढीस्थित सेती अस्पतालमा विना अपरेसन जुम्ल्याहा बच्चा जन्माएकी कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आइतबार बिहान साढे ४ बजे निधन भएको अस्पतालले जनाएको छ ।

बच्चा सुरक्षित जन्माएकी उनलाई उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि परीक्षण गर्दा असोज १४ संक्रमण पुष्टि भएको थियो । थप उपचारको लागि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना गरिएकी हुनको स्वास्थ्यमा सुधार हुन सकेन ।

यसैबीच चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको निधन भएको छ । कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको ज्यान गएको छ । कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय पुरुषको निधन भएको हो ।

कोभिड उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे उनको ज्यान गएको थियो । शुक्रबार कोरोना पोजेटिभ देखिएका पुरुषकाे स्वास्थ्यमा थप समस्या आएपछि विराट मेडिकल कलेजले उनलाई शनिबार कोसी अस्पताल रेफर गरेको थियो । उनी मधुमेहका बिरामी समेत थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal