आज :

चुनाव जित्न आलमको योजनामा २३ जनालाई इँटाभट्टामा जिउदै जलाएर मारेको प्रकरणः फरार सहनी प्रकाउ

काठमाडौँ । २०६४ सालको चुनाव जित्न सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको योजनामा २३ जनालाई इँटाभट्टामा जिउदै जलाएर मारेको प्रकरणमा फरार थप एक जनालाई प्रकाउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज सिंहका अनुसार उनलाई प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रवार नियन्त्रणमा हो । उनि बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय बद्री सहनी हुन् । सहनी इँट्टा भट्टाको हेड मिस्त्री रहेको खुलेको छ । उनलाइ लाई नेपालभारतको सिमानामा पर्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नम्बर ७ बड़की बंकुल एरियाबाट पक्राउ गरेको हो ।

प्रकाउ पछि प्रहरीका प्रारम्भिक अनुसन्धानमा सहनीले आलमको निर्देशनमा घटनाका घाइतेहरु तथा मृतकहरुलाई इँट्टा भट्टाको भुँग्रोमा हालेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ। सहनीले घटनामा परी ज्यान गुमाएका र घाइतेलाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँट्टा भट्टामा लगि जलाइएको अभियोगमा लागेको छ ।

यता घटनाका नाइके सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम अदालतको निर्णयअनुसार पूर्पक्षको लागि थुनामा रहेका छन् । उनलाई गत असोज २६ गते इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनले २०६४  संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी चुनाव जित्न चुनावको अघिल्लो दिन ६ बजरे ३० मिनेटमा रौतहटको हाल राजपुर नगरपालिका ४ स्थित शेख इद्रिशको गोठघरमा उनीले विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम बिष्फोट हुँदा त्रिलोक प्रताप सिंह राजपुतसमेतको ज्यान गएको थियो ।

घटना २०६४ चैत २७ गते रौतहटको राजपुरमा घटाएको थियो । स्टोर रुममा राखिएको बम विस्फोटबाट घाइते सहित २३ जना रहेको थियो । पछि ज्यान गुमाएका तथा घाईते समेतलाई लगी इँटाभट्टामा आलमको नेतृत्वमा जलाएको आरोप छ । यसैको बिषयमा हाल प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal