आज :

दशैं–तिहारमाा घर जानलाई अनलाईन टिकट बुकिङ व्यवस्था गर्न निर्देशन

काठमाडौँ । विश्वब्यापी कोरोना माहामारीको समयमा दशैं–तिहार जस्ता चाडपर्वमा गांउघर जानलाई अनलाईन टिकट बुकिङ व्यवस्थागर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रबार संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँगको भर्चुअल छलफलमा यस्तो निर्देशन दिएको हो ।

भर्चुअल छलफलमा समितिका सभापति कल्याणी खड्का लगायत समितिका सदस्यहरुका साथै भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्त कुमार नेम्बाङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि र विज्ञ समेतको सहभागिता रहेको थियो ।

भर्चुअल छलफलले दशैं तिहार लगायत ठूला चाडवाडमा यात्रुलाई सहज रुपमा आवागमन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
त्यसैगरी बाढी पहिरोका कारण बन्द भएको सडक यातायातलाई सुचारु गर्ने, यात्रा गर्दा तथा खाना खाँदा तोकिएको स्वास्थ्य मापदण्ड पालना गराउने, सहज रुपमा टिकट काट्ने व्यवस्था गर्ने गर्ने समितीले भनेको छ ।

त्यस्तै, बाढी पहिरोका कारण जोखिमयुक्त वस्तीका वासिन्दालाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।

त्यस्तै केही समय अघिमात्रै भएको अविरल बर्षाका कारण आएको बाढीपहिरो र यसले पुर्याएको क्षतिका कारण सार्वजनिक सवारी साधनको आवागमनमा असर पर्नसक्ने अवस्था रहेका कारण त्यसलाई सहज बनाउन र सार्वजनिक यात्राका क्रममा हुनसक्ने कोभिड संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिइएको समितिले जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal