आज :

कोरोना संक्रमणबाट स्वास्थ्यमा समस्या थपिँदै गएपछि ट्रम्प अस्पताल भर्ना

काठमाडौं । कोरोना भाइरस संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस संक्रमणपछि स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै ट्रम्प अस्पताल भर्ना भएका हुन् ।

ह्वाइट हाउसका अनुसार ट्रम्पलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको छ । कोरोनाको लक्षण देखिन थालेपछि ट्रम्प अस्पताल भर्ना हुन तयार भएका थिए । उनी विशेष हेलिकोप्टर चढेर अस्पताल पुगेका थिए ।

कोरोना भाइरस संक्रमण पुष्टि भएको २४ घण्टा पछि ट्रम्पमा लक्षण देखिन थालेको बताइएको छ । अहिले ट्रम्पलाई हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बीबीसीले जनाएको छ ।

ट्रम्पलाई कोरोना भाइरस संक्रमण भएसँगै  उनको चुनावी अभियान समेत प्रभावित भएको छ । अमेरिकाको नयाँ राष्ट्रपतिको लागि चुनाव हुन अब मात्र एक महिना छ । दोस्रो कार्यकालको लागि रिपब्लिकनको तर्फबाट ट्रम्प चुनावी मैदानमा छन् । ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका जो बाइडेनले चुनावी अभियानलाई तीब्र पारेका छन् ।

तर ट्रम्पलाई चिकित्सकहरुले आराम गर्न सुझाव दिएका छन् । ट्रम्पले अस्पतालबाटै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ ।

आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal