आज :

भोली दिनको १२ बजे २० वामपन्थी संगठनले बृहद् अन्तरकृया आयोजना गर्ने !

काठमाडौँ । २० वामपन्थी संगठनले बृहद् अन्तरकृयाको आयोजना गर्ने भएको छ । भोली असोज १७ गते दिनको १२ बजे बृहद् अन्तरकृया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

२० संगठनको कार्यगत एकताका तर्फबाट सी.पी. गजुरेलद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ आफुलाई वामपन्थी भनेर देशमा शासन चलाइरहेको पार्टीको एकलौटी सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्ने होइन कि तिनलाई झन् झन् विकराल बनाउने काम गरेर वामपन्थी भन्ने शव्द प्रतिनै वितृष्णा पैदा गराइरहेको उल्लेख गदै २० वामपन्थी संगठनले बृहद् अन्तरकृया गर्ने भनिएको छ ।

बृहद् अन्तरकृयामा नेकपा (मसाल), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय जागरण मंच, जन समाजवादी पार्टी, नेकपा(संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल,

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम्.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा(माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) गरी २० वामपन्थी संगठनहरु रहेको छन् ।

त्यस्तै जारी संयुक्त बिज्ञप्तिमा राष्ट्र र जनताका अगाडि उपस्थित विकराल समस्याको समाधानका लागि समग्र पत्रकार, वुद्धिजीवि, समाजका सबै परिवर्तन पक्षधरहरुलाई उक्त कार्यक्रमको जुममा जोडिएर संघर्षमा योगदान पु¥याउनको लागि पनि आह्वान गरिएको छ ।

20 Rajnitik Antrkriy (1)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal