आज :

ढोरपाटनका बाढी पीडितलाई प्रभु बैंकद्वारा पाँच लाख आर्थिक सहयोग हस्तान्त्रण

काठमाडौँ । प्रभु बैंक लिमिटेडले बागलुङको ढोरपाटका बाढी पीडितलाई ‍आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकाको बाढी पीडित उद्धार कोषमा पाँच लाख सहयोग प्रदान गरेका हुन् ।

विहीबार बाढी प्रभावित क्षेत्रमै पुगेर शेरचनले रकम हस्तान्त्रण गरेको बैंकले जनाएको छ । बुर्तिबाङ बजारमा सहयोग हस्तान्त्रण गर्न विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री राम शरण बस्नेतको उपस्थिति तथा विशेष मन्तब्य राखेको थिए ।

विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्तभएको क्षेत्रमा प्रदेशका आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले स्थानीयहरुसँग उनले भेटघाट पनि गरेको थिए ।

स्थानीयहरुको समस्या बुझी शीघ्र उक्त ठाउहरुमा केन्द्रीय बिद्युत प्रसारण लाईनको सेवा पुर्याउने क्षतविक्षतभएका संरचनाहरुको निर्माणका लागि प्रदेशको तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी गराएका थिए ।

बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को क्षति पुर्यएको थियो । करिब ३७ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal