आज :

दलित युवतीलाई माथिल्लाे जातकाे युवाले गरे सामुहिक बलत्कार, उपचार नपाएरै ज्यान गयाे

काठमाडौँ । भारतको उत्तर प्रदेशको हाथरसमा २० बर्षे दलित युवतीको बिभत्स तरिकाले सामुहिक बलत्कार पछि ज्यान गएको छ । बलत्कार पछि सात दिनपछि युवती बोल्न सक्ने अवस्थामा पुगेकी थिईन तर युवति को ज्यान भने बचेन । तर हासमा आउदा उनले अस्पतालको बेडबाटै आफूलाई सामुहिक बलात्कार भएको बयान दिइन्।

ति युवति गत सेप्टेम्बर १४ मा २० वर्षीया दलित युवती घाँस काट्न गएकी थिइन्। धेरै समयसम्म उनी नफर्किएपछि आमाले खोजी गरेकी थिइन्। उनले छोरीलाई बोलाइन्, बेस्सरी चिच्याइन्।

एकछिन पछि बारीमा उनी विक्षिप्त अवस्थामा भेटिइन्। उनको शरीरमा लुगा थिएन। मुखबाट रगत आइरहेको थियो। चोटले उनी चल्न सक्ने अवस्थामा थिइनन्। उनको गुप्ताङ्गबाट पनि रगत बगिरहेको थियो।

बोल्न नसक्ने अवस्थामा रहेकी युवतीलाई स्थानीय अस्पतालमा भर्ना गरियो। त्यहाँ उपचार सम्भव नभएपछि अलिगढ मेडिकल कलेजमा रेफर गरियो। भेन्टिलेटरमा राखेर उपचार थालियो।

आफन्तले प्रहरीलाई खबर गरे। प्रहरीले सुरूमा बलात्कारको उजुरी दर्ता गर्न मानेन, हत्या गर्न प्रयास गरेको मुद्दामा अनुसन्धान थाल्यो।

ती युवतीको चार ठाउँमा हड्डी भाँचिएको थियो। मस्तिष्कमा पनि चोट देखिएको थियो। अलिगढ मेडिकल कलेजमा उनको उपचार सम्भव नभएपछि दिल्लीको सफदरगन्ज अस्पतालमा भर्ना गरियो। अस्पताल ल्याएको दुई दिन नबित्दै मंगलबार बिहान उनको ज्यान गएको थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal