आज :

हाल सम्मकै उच्च संक्रमणः उपत्यकामा थप ९४३ सहित देशभर १९११ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियामित प्रेश बिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौंमा ८१७ जना, ललितपुरमा ५८ जनार भक्तपुरमा ६८ जना संक्रमित थपिएका बताएको छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप १९११ कोरोना संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा थप ९६१ जना संक्रमित निको भएका बताएको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट ११ जनाको ज्यान गएको छ । आजको सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०९पुगेको छ ।

आज ज्यान गुमाउने मध्ये बुटवल उप महानगरपालिका ८–का ८० वर्षीय पुरुष छन् । यस्तै रुपन्देही, कोटियामाई ८ निवासी पुरुषको असोज १४ गते साँझ ६ बजे ज्यान गएको हो ।

त्यस्तै नेपालमा पहिलो पटक आज कोरोना संक्रमणबाट एक जना डाक्टरको ज्यान गएको छ । उनि कर्णाली प्रदेशीक अस्पतालका अर्थोपेडिक सर्जन ५८ वर्षीय डा हरी सापकोटाको हुन् । उनको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

त्यसैगरी मन्त्रालयका अनुसार हाल सम्म संक्रमणबाट निको हुनेको संख्या ५७३८९ जना पुगेको छ। त्यसमध्ये आइसोलेसनमा२१८३० जना रहेको छन् ।

त्यस्तैगरी क्वारेन्टिनमा ५०७७ जना छन् । हाल सम्म १० लाख ३३ हजार ९४७ जनाको पिशियार परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal