काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी गर्नेलाई कारबाही गर्ने बताएको छन् । बुधबार साझ एक कार्यक्रम मार्फत सन्चारकर्मिहरु सग बोल्दै उनले अनुगमनका क्रममा कालोबजारी गर्ने तथा गलत गर्ने भेटिए जो कोहीलाई पनि कारबाही गर्ने बताएको छन् ।
उनले भने कारबाहीको मामलामा साना ठूला भनिँदैन, कारबाही हुन्छ’ ‘बदमास गर्नेलाई यो वा त्यो बहानामा उन्मुक्ति दिइँदैन ।’
मन्त्री भट्टले बजार व्यवस्थापनकामा आफू कटिबद्ध रहेको बताएकके बताउदै आफ्नो १० महिने कार्यकालमा औद्योगिक सुधारसँगै वाणिज्य तथा आपूर्ति क्षेत्रमा उल्लेखनीय काम भएको दावी गरे ।
त्यस्तै मन्त्री भट्टले ‘साहिल अग्रवाल जस्ता ठूला व्यवसायीमाथि सरकारले कारबाही चलाएको पनि जानकारी दिएको छन् । उनका अनुसार हाल गुणस्तरहीन वस्तु उत्पादन गरी उपभोक्ता ठग्ने तीन दर्जन बढी उत्पादक कम्पनीहरुलाई सरकारले कारबाही गरेको छ ।
त्यस्तै उनले नेपाल गुणस्तर तथा नापतौल विभागबाट भएको बजार अनुगमन तथा वस्तुको गुणस्तर परिक्षणका क्रममा अनियमितता भेटिएका २२ वटा वस्तुहरुको गुणस्तर प्रमाणपत्र खारेज गरेको र ४१ वटा उद्योग, व्यवसायी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएकोे बताएका छन् ।