आज :

कोरोना कहरबीच पाकिस्तानमा विद्यालयहरु खुले

काठमाडौं । कोरोना कहरबीच पाकिस्तानमा शैक्षिक संस्थाहरु सुचारु भएका छन् ।  कोरोनाभाइरसको महामारी फैलिएसँगै बन्द भएका शैक्षिक संस्था सुचारु गर्न पाकिस्तान सरकारले अनुमति दिएको छ ।

केन्द्रीय शिक्षामन्त्री शाफ्क्वात मोहमुदले कोरोनाभाइरसको महामारीकाबारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिए । विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको उनले बताए ।

शैक्षिक संस्था बन्द भएको ६ महिनापछि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको पाकिस्तान सरकारले जानकारी दिएको छ । अधिकारीहरुका अनुसार सरकारी तथा निजी दुवै प्रकारका विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै पठनपाठन गर्ने तयारी गरेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्य सतर्कतासम्बन्धी मापदन्ड पालनामा भने अत्यन्त कडाइ गरिएको छ ।

त्यसैगरी, मापदन्ड पर्याप्तरुपमा पालना भएको वा नभएकोबारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट पाकिस्तानमा अहिलेसम्म ३ लाख १२ हजार २६३ जना संक्रमित भएका छन् भने ४७९ जनाको ज्यान गएको छ । पाकिस्तानमा अहिलेपनि कोरोनाभाइरसको संक्रमणका कारण ४६७ जना गम्भीर अवस्थामा रहेको बताइएको छ । पाकिस्तानमा २ लाख ९६ हजार ८८१ जना अहिले पूर्णरुपमा संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal