आज :

चीनले बनाएको खोपले बिश्वास जित्दै, बिश्वमा बितरण गर्ने यस्तो छ योजना

काठमाडौँ । हालै मात्र चीनले बनाएको खोपले राम्रो नतिजा दिएको छ । चिनियाँ खोप निमार्ता कम्पनी सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले दिएको जानकारी अनुसार अमेरिका लगायतका देशहरु सफल्क्ता प्राप्त गर्न नसकेको अवस्थामा चिनले राम्रो काम गरेको बताएको हुुन् ।

त्यसैगरी उनले चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप सन् २०२१ मा तयार हुने बताएको छ । तयार पछि कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका लगायत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।

उनले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन समक्ष आवेदन दिइने बताएको छन् ।

त्यसैगरी उनले भने शुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो । तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन ग¥यौं । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,” “हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुक लगायत विश्वलाई खोप प्रदान गर्नु हो । ”

हाल चीनमा सरकारी स्वामित्वको समेत ४ वटा कम्पनीले लगायत कम्पनिहरुले कोरोना विरुद्धको खोप विकास गरिरहेका छ । त्यहाँ सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ । हाल चीनमा थप खोपहरु पनि बिकास भैराखेको चिनीयाँ सन्चार माध्यामाहरुले जनाएको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal