
सुर्खेत । कोरोना भाइरस संक्रमणमुक्त रहँदै आएको हुम्लामा संक्रमण पुष्टि भएको छ । लामो समयदेखि ग्रीन जोन अर्थात कोरोना संक्रमण शून्य रहेको हुम्लामा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्केगाड गाउँपालिका-५ की २१ वर्षीय युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै अब हुम्लामा जान अनिवार्य पीसीआर रिपोर्ट चाहिने भएको छ । सहायक प्रमुख जिल्ला अकिधकारी दत्तराज हमालको नेतृत्वमा बसेको डिसिएमसी बैठकले पिसीआर रिर्पोट बिना जिल्ला भित्रिन नदिने निर्णय गरेको पत्रकार नरजन तामाङले जानकारी दिएका छन् ।
युवती बाँकेको नेपालगञ्ज विमानस्थलदेखि शनिबार सिमकोट पुगेर आइतबार माउन्टेन्ट हेलिकोप्टरबाट सर्केगाड हुँदै गोठी गाउँ पुगेकी थिइन् । उनी गाउँ पुगेको बेला कोरोना पोजेटिभ रिपोर्ट आएको खबर पुगेको थियो । कोहरलपुर ल्यावमा संकलन गरिएको स्वावको नजिता पोजेटिभ देखिएको थियो । हुम्ला जाने प्रयोजनको लागि पीसीआर परीक्षण गरिएपनि रिपोर्ट नआउँदै उनी यात्रा सुरु गरेकी थिइन् ।
हवाई र स्थलमार्गबाट हुम्ला भित्रिने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने छ । संक्रमित युवतीको जिल्ला प्रहरी कार्यालय हुम्लाले कन्टयाक टेसिङ गरी सचेत र सजक रहन आग्रह गरेको छ । आजबाट हवाई सेवा सुचारुभएपछि स्थानीय कोरोना संक्रमण फैलिन सक्ने भन्दै चिन्तित भएका छन् ।
कोरोना संक्रमण बढिरहेको छ । आइतबार देशभर थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभर ६४ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको थियो ।
त्यसैगरी कोरोना जितेर घर फर्किनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको थियो । आइतबारसम्म ७ हजार ४ सय ५१ जना करेन्टाइन रहेको छन् भने आईसोलेसनमा १७ हजार ४ सय ७८ जना रहेका थिए । ९ लाख १४ हजार २ सय ९० जनाको पिसियार टेष्ट भएको थियो ।
आइतबार देशभर थप ११ जनाको ज्यान गएको पुष्टि भएको थियो । योसँगै ज्यान गुमाउनेको सख्या ४११ पुगिसकेको छ ।