आज :

आज विहानैबाट आन्तरिक हवाई सेवा सुचारु, यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम

काठमाडौं। आजबाट आन्तरिक हवाई सुवा सुचारु भएका छन् । विहान ६ बजेबाट विभिन्न एयरलाइन्सका जहाजहरु काठमाडौंबाट विभिन्न जिल्लामा उडान भरेका थिए ।  केही जहाज यात्रुलाई पुर्याएर यात्रु बोकेर फर्किएका छन् ।

चैत ९ गतेबाट बन्द हवाई सेवा सुचारु भएको पहिलो दिन सबै एयरलाइन्सहरुले २५ प्रतिशत मात्रै उठान भर्ने भएका छन् । सार्वजनिक तालिकाअनुसार यसअघि नियमित उडान हुने स्थानमा २५ देखि ३० प्रतिशत जहाजले उडान भर्ने भएका छन् । यो नियम पहिलो ९ दिनको लागि हुनेछ । आधा सिट क्षमतामा उडान भर्ने सरकारी मापदण्ड नमानेका एयरलाइन्सले अब पूरै सिट क्षमतमा उडान भर्ने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका आधारमा एयरलाइन्स कम्पनीहरुले पनि मापदण्ड बनाएका छन । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।

त्यसैगरी यात्रुको लागि पनि नियम बनाइएको छ । मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ । यस्ता यात्रुलाई विमानस्थल नआउन पनि भनिएको छ ।

त्यसैगरी ७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले आफुमा कोरोना नभएको स्वघोषणासहित सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ ।

विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा कोरिएको छ । आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ–ठाउँमा स्यानिटाइजर राखिएको छ । प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बसलाई हरेक पल्ट नि–सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि–सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र बिमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।

आन्तरिक जहाजभित्र खाना र खाजा निषेध गरिएको छ । जहाजको शौचालय पनि बन्द हुनेछ । कुकुर र बिरालो बोक्न पाइने छैन । समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।

त्यसैगरी यसअघि यात्रुलाई पहिलै नै बोलाइन्थ्यो तर अब बढीमा ४० मिनेट पहिले मात्रै विमानस्थल पुगे हुने भएको छ । यसअघि बाह्य उडानको लागि ४ घण्टा पहिले नै र आन्तरिक उडानको तर्फ २ घण्टा पहिले नै विमानस्थल जानुपर्ने नियम थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal