आज :

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक सैनिक जवानको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका जवानको ज्यान गएको छ । कोरोना संक्रमणबाट सैनिकको ज्यान गएको यो पहिलो घटना हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको ज्यान गएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोनाका कारण ज्यान गुमाएका सैनिक जवानको शव समेत नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ । शनिबारसम्म नेपाली सेनाका  २ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सैनिक मुख्यालयकाअनुसार नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । जसमध्ये ४ सय १ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् भने एक जनाको ज्यान गयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal