आज :

अछाममा आजदेखि सार्वजनिक यातायात संचालन, कोरोना संक्रमितको संख्या ९८१

मंगलसेन । अछाममा आजदेखि सार्वजनिक यातायात संचालन हुन लागेका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनसँगै बन्द यातायात आजबाट संचालन हुन लागेका हुन् ।

स्वास्थ्य मापदण्ड पूरा गर्दै यातायात नियमित संचालन हुन लागेको यातायात व्यवसायीले बताएका छ्नु । यसले जिल्लाबाट बाहिरे र भित्रिने नपाए नागरिकाहरुलाई राहत मिल्नेछ ।

अछामबाट काठमाडौं, धनगढीसहित विभिन्न जिल्लाहरुमा आजबाट छुट्न लागेका छन् । सरकारको निर्णयअनुसार सीट क्षमताभन्दा आधा  यात्रु र ५० प्रतिशत भाडामा बृद्धी गरेर यातायात सञ्चालन गर्न लागिएको यातायात व्यवसायीले बताएका छन् ।

सुदुरपश्चिम यातायात व्यवसायी संघ प्रालीले अछामबाट बस छुट्ने समय तालिका समेत सार्वजनिक गरेको छ । जसमा  प्रत्येक दिन बिहान ६ बजे र दिउँसो २ बजे मंगलसेनबाट धनगढीका छुट्ने र कमलबजारबाट टिकापुरकालागी दिउँसो १२ बजे बसहरु छुट्ने छन् । त्यस्तै बढीमालीका यातायात व्यवसायी प्रालिले दिउँसो २ बजे मंगलसेनबाट धनगढीका लागि र उग्रतारा सावर्जनीक यातायातद्वारा संञ्चालित बसहरु पनि विहान ८ः ३० बजे मंगलसेनबाट छुट्ने छन् ।

त्यसैगरी कर्णाली रिभर यातायात व्यवासयीले पनि नियमित सेवा सुरु गर्न लागेको छ । यातायात संचालन हुन लागेसँगै सर्वसाधारण खुशीसँगै कोरोना संक्रमण बढ्ने चिन्तित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म अछममा कोरोना संक्रमितको संख्या ९८१ पुगेको छ । पुरुष ७६१ र महिला २२० रहेका छन् ।

यातायात संचालन भएसँगै सबैभन्दा बढी ओहोरदोहोर हुने धनगढी हो । धनगढीमा कोरोना संक्रमण बढिरहेको छ । शनिबारसम्म धनगढी उपमहानगरपालिकामा मात्रै संक्रमितको संख्या साढे चार सय नाघेको छ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शनिबारसम्म नगर क्षेत्रका चार सय ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जसमा एक सय ६० महिला र दुई सय ९६ पुरुष गरी चार सय ५६ जना रहेका छन् । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार नगर क्षेत्रका एक सय १३ महिला र एक सय ९० पुरुष गरी तीन सय तीन जनाले कोरोनामुक्त घर फर्किसकेका छन् ।

अहिले धनगढीमा ४५ महिला र एक सय ६ पुरुष गरी १ सय ५१ जना संक्रिय संक्रमित रहेका छन् । उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको भने कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal