आज :

पहिलो पटक नेपालीले लगाए रुसी कोरोना खोप, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । नेपाली पहिलो पटक कोरोनाविरुद्धको खोप लगाएका छन् । रुसले बनाएको खोप पहिलो पटक लगाउने नेपाली हुन् डा. महेश श्रेष्ठ । उनी रुसमै छन् ।

पुर्खौली घर सल्यान भएका डा. श्रेष्ठ लामो समयदेखि रुसको राजधानी मस्कोमा कार्यरत छन् । रुसले बनाएको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लगाउने डा. पहिलो नेपाली हुन् ।

रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत ६१ वर्षीय डा.श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लिएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले लक्की ड्र मार्फत् श्रेष्ठले खोप लगाउने अबसर पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

केसीका अनुसार श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । रसियामा निर्मित उक्त भ्याक्सिन नेपालमा ल्याउने प्रयास पनि भइरहेकै बेला श्रेष्ठले रुसमै खोप लगाउन पाएका छन् ।

खोपको अन्तिम परीक्षणको क्रममा ३० हजार जनामध्येबाट छानिएका थिए । अहिले उनको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताइको छ ।

नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको उक्त भ्याक्सिन नेपाललाई दिन तयार रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal