आज :

कोरोनाका कारण ललितपुरमा थप ४ जनाको ज्यान गयो 

काठमाडौँ । कोरोनाभाइरस संक्रमणका कारण उपत्यकामा थप ४ जनाको ज्यान गएको छ । राजधानी उपत्यकाको ललितपुरका दुई अस्पतालमा उपचाररत उनीहरुको ज्यान गएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा तीन जनाको र मेघा अस्पतालमा एकजनाको कोरोना संक्रमितको ज्यान गएको छ ।पाटन अस्पतालमा भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष र भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिलाको उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै कोरोना संक्रमण पुष्टि पछि पाटन भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको पनि ज्यान गएको छ ।

त्यसैगरी ललितपुरकै मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको शनिबार बिहान निधन भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले उनलाई असोज १ गते अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ ।

त्यसैगरी शुक्रबार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका थिए ।

शुक्रबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार नजिक पुगेको थियो । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा जानकारी दिने बेलासम्म ६३ हजार संक्रमित पुग्ने अनुमान गरिएको छ । शुक्रबार संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यसैगरी शुक्रबार थप ८७१ जनाले कोरोना जितेर घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ४३ हजार ८२० पुगेको थियो । त्यो संख्या आज पनि बढ्ने बताइएको छ । शुक्रबारसम्म नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत थियो । शुक्रबार काठमाडौंमा १ सहित देशभर ७ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेका थिए । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ८८ जना रहेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal