आज :

कुलमानले समर्थकलाई भने- सडकमा प्रदर्शन नगरिदिनुस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना समर्थकहरुलाई सडकमा उत्रिएर प्रदर्शन नगर्न अपील गरेका छन् । पुनर्नियुक्त गर्नुपर्ने माग गर्दै सडकमा भइरहेको प्रदर्शनमाथि प्रहरीले दमन गर्न थालेपछि घिसिङले सो अपील गरेका हुन् ।

राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानहरुमा युवाहरु कुलमानलाई पुनर्नियुक्तको माग गर्दै विरोधमा उत्रिएका छन् । प्रहरीले शान्तिपूर्ण सडकमा निस्किएका युवाहरुमाथि लाठी-पानीको फोहोरा प्रहार गरिरहेको छ । प्रहरीको लाठीबाट दर्जनौं युवाहरु घाइते भएका छन् । शुक्रबार विजुलीबजार नजिक गरिएको प्रदर्शनकारीमाथि प्रहरी लाठी प्रहर गर्दा टाउको समेत फुटेको थियो ।

आफ्ना समर्थक र प्रहरीबीच झडप बढ्दै गएपछि घिसिङले शनिबार विज्ञप्ति निकालेरै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएको बताउँदै कोरोनाले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड नगर्न र प्रदर्शन नगरिदिन समर्थकसँग अनुरोध गरेका छन् ।

”नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसात गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छु” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal