आज :

कोरोना संक्रमणबाट नेपालमा ३९० जनाको ज्यान गयो, संक्रमितको संख्या ६२ हजार नजिक

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा ३९० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ७ जनाको ज्यान गएको पुष्टि गरेसँगै ज्यान गुमाउनेको यो संख्या पुगेको हो ।

त्यसैगरी शुक्रबार एकै दिन अहिलेसम्मकै धेरै २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै काठमाडौंमा भेटिएका छन् । दुई हजार संक्रमितमध्ये ६९८ जना काठमाडौंकै रहेका छन् । त्यस्तै काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । प

शुक्रबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार नजिक पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार देशभर संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको बताए । संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यसैगरी शुक्रबार थप ८७१ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यो नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत हो ।

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ८८ जना रहेका छन् ।  यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ ।

यसैबीच कोरोना संक्रमणबाट धनुषामा १५ जनाको ज्यान गएको छ । शुक्रबार थप दुई जनाको ज्यान गएको पुष्टि भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार ज्यान गुमाउनेमा सबैला नगरपालिका-३ का ६८ वर्षका पुरुष र बटेश्वर गाउँपालिका-५ घर भई जनकपुरधाम उपमहानगरपालिका-२ बस्दै आएका ७० वर्षीय पुरुष रहेका छन् । सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका ले जानकारी दिए । बटेश्वरका पुरुष गत भदौ २२ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र साँस लिन समस्या भएपछि अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब संकलन गरिएको थियो ।

दुई दिनपछि रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिए पनि बिहीबार राति उनको ज्यान गएको थियो । यस्तै, सबैलाका पुरुषको शुक्रबार दिउँसो २ बजे सोही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अस्पतालमा भर्ना भएका यी पुरुषको गत साउन ३१ गते स्वाब संकलन गरिएको थियो । उनी संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार आएको थियो । उनी दुबै मिर्गाेला सम्बन्धी समस्याबाट पीडित थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal