काठमान्डौं । अब देखि अदालतमा मुद्धा दर्ता गर्दा आरोपितको फोटो र नागरिकता लगायतका केही बिषयहरु अनिबार्य पेश गनुपर्ने नया नियम लागु भएको छ ।
विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई एक परिपत्र गर्दै अनिवार्य रुपमा यी विवरणहरु उल्लेख गर्नुपर्ने जनाएको छ ।
त्यस्तै सर्वोच्च अदालतले यस अघि गत बर्षको माघ २७ नै मुद्दा दर्ता गराउँदा फोटो र नागरिकता लगायतका विवरण अनिवार्य उल्लेख गराउन सबै अदालतहरुलाई भनेको थियो ।
अदालतबाट फैसला भएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन समस्या भएपछि यस्तो नियम लगाएको हो । त्यस्तै मुद्दा दर्ता गर्दा प्रतिवादीहरुको नागरिकताको विवरण पेश नगरेकाले कैद तथा जरिवाना असुलउपर गर्न बाँकी रहेका व्यक्तिहरुको सार्वजनिक सेवा सुविधा रोक लगाउने कानूनी व्यवस्थामा समेत असर परेकाले नागरिकताको विवरण अनिवार्य रुपमा उल्लेख गर्नु’ सर्वोच्चको ठहर छ ।
त्यसैगरी अभियोगपत्र पेश गर्दा आरोपितको फोटो , नागरिकता जारी भएको जिल्ला, नागरिकता नम्बरजस्ता विषय अनिवार्य खुलाउनु पर्ने कानुनी व्यवस्था बमोजिम गर्नुहुन बिशेष अदालतले जारी गरेको परिपत्रमा उल्लेख छ ।