आज :

मेडिकल सामग्री आपूर्तिमा ठूलो अनिमियता गर्ने ओम्नी समुहलाई सरकारले कालोसूचीमा राख्यो

काठमान्डौं । विश्वभर कोरोना माहामारी सकंटको बेला मेडिकल सामाग्री आपुर्तिमा अनिमियता गरेको ओम्नि समुहलाई सरकारले १ बर्ष सम्मको लागी कालो सुचिमा राखेको छ । सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सुचना जारी गदै भदौं देखि लागु हुने गरी ओम्निलाई कालोसुचिमा राखेको जानकारी गराएको हो ।

सरकारले कोरोना माहामारीलाई नियन्त्रण गर्ने उदेश्य अनुरुप ओम्नी समूहलाई स्वास्थ्यसेवा विभाग मार्फत गत चैतमा करीब रु. एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो ।

उक्त मेडिकल सामग्री खरिदमा करोडौं रूपैयाँ अनियमितता गरेको खुलेपछि लामो समय देखि ओम्निी बिबादित बनेको थियो । त्यस्तै जनस्तर पाट पनि ओम्निको यस्तो हर्कतको ब्यापक बिरोध भएको थियो । यस्तो आरोपकमो लामो समयको अनुसन्धान पछि सरकारले अहिले ओम्निी सग ठेक्का खारेज गरेर कालो सुचिमा राख्ने निर्णय गरेको छ ।

ओम्नि समुह कालो सुचिमा परेपछि अब कम्पनीले १ वर्ष सम्म सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैन् । स्वास्थ्य सेवा विभागको सिफारिसमा ललितपुर कृष्णगल्ली कार्यालय भएको र तुलहरी सिंह प्रमुख व्यक्ति रहेको ओम्नि(ओबीसी) आई प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुचना मार्फत जनकारी गराएको छ ।

कालोसूचीमा परेकोओम्निी सार्वजनिक खरिद अनुगमन कार्यालयले हिजो, २८ भदौदेखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हबताएको छ ।
यसअघि स्वास्थ्य सेवा विभागले गत चैतमा ठेक्का सम्झौता रद्द गरी ओम्नीलाई कारबाही गर्ने निर्णय गरेको थियो । यसअघि नै विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई यो कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal