आज :

नेपालमा संक्रिय संक्रमितभन्दा कोरोना जितेर घर जानेको संख्या दोब्बर बढी

काठमाडौँ । नेपालमा थप १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३९ जनामा कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले दिएका जानकारीअनुसार आइतबार थप १ हजार १ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणभन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढी धेरै भएको छ । केही दिन यता निको हुनेको संख्या भन्दा संक्रमितको संख्या धेरै थियो ।

नेपालमा आइतबारसम्म ५४ हजार १५९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा ३८ हजार ६ सय ९७ जना निको भएर घर फर्किएका छन् भने १५ हजार ११७ जना उपचार तथा आइसोलेशनमा रहेका छन् । संक्रिय संक्रमितभन्दा कोरोना जितेर जानेको संख्या दोब्बरभन्दा बढी पुगेको छ । लकडाउन अघिको अन्तिम हप्ता संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर पुगेको थियो । तर लकडाउन खुलेसँगै फेरि संक्रमितको संख्या धेरै भयो । भदौ दोस्रो सातमा संक्रमितको संख्या धेरै बढ्यो । अहिले फेरि संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा बोल्दै मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०३९ संक्रमित पुष्टि गरेको छन् । हालसम्म नेपालमा जम्मा संक्रमित ५४ हजार १५९ छन् ।

मन्त्रालयको प्रवक्ता डा. गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार ११७ रहेको जानकारी दिएको छन् । आज मात्र नेपालमा विभिन्न जिल्लामा गरी ११७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३८ हजार ६९७ छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ६ हजार ५३६ छन् ।

आईतबार देशभरका प्रयोगशालामा ९ हजार १६५ नमूना परीक्षण भएका थिए । हालसम्म ८ लाख ४० हजार ५२७ नमूना परीक्षण भइसकेका छन् ।
आइतबार कोरोनाका कारण थप ९ जनाको निधन भएको थियो । आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट ३४५ जना कोरोना निधन भइसकेको थियो ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal