आज :

सिन्धुपाल्चोक बाह्रबिसे पहिरोः ९ सव भटियो, २२ जना अझै बेपक्ता, १८० घर जोखिममा

काठमान्डौं । २२ घर पूर्ण रूपमा क्षतिग्रस्त हुनेगरी सिन्धुपाल्चोक बाह्रबिसेमा गएको पहिरोमा पुरिएका मध्ये ९ जनाको सव भटिएको छ । पहिरोमा पुरिएका २२ जना अझै बेपक्ता रहेको स्थानिय बासिन्दाहरुले बताएको छन् । त्यहाँ १८० घरधुरी जोखिममा देखिएका छन् ।

आईतबार दिउसो सम्म बेपक्ता मध्ये ९ जनाको सव भेटिएको स्थानिय एक बिध्यालयका शिक्षक बजिरसिंह भण्डारीले जानकारी दिएको हुन्। त्यस्तै पहिरोमा अझै २२ जना बेपत्ता रहेकाे पनि उनले बताएका हुन् ।

सव भेटिएकाहरु नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन् ।

अहिले त्यहा नेपाली सेना, सशस्त्र प्रहरी बल र इलाकाबाट खटिएका प्रहरीहरुले बेपक्ताको तिब्र खाजी गरिरहेको छन् । उनिहरुलाई पहिरोले बगाएको हुनाले बेपत्ताहरू खोज्न कठिनाइ भइरहेको प्रहरीले बताएको छन् ।

अविरल वर्षासँगै गएराति पहिरो आएको थियो । वर्षाका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

यसअघि सिन्धुपाल्चोकमा गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको ज्यान गएको छ भने दुईजना अझै भेटिएका छैनन् ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिएकाे छन् । उनले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नु पर्ने÷नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गर्ने प्रतिबद्धता जनाएकाे छन् । “पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था गर्ने बताएकाे छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal