आज :

सिन्धुपाल्चोकको बाह्रबिसेमा फेरि पहिरो, ९ वटा घर पुरिँदा २३ जना बगे  

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा फेरि पहिरो गएको छ । बाह्रबिसे नगरपालिका वडा नं ७ नागपुजे र भिरखर्कमा गएराति पहिरो जाँदा एक जनाको ज्यान गएको भने २३ जना हराइरहेका छन् ।

नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोले भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरिएका छन् । पहिरोमा परी भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना हराएको शेर्पाले बताए । यो प्रारम्भिक विवरण भएकोले थप क्षति भएको हुन सक्ने बताइएको छ । अहिले  प्रहरीको टोली र स्थानीयले उद्दार कार्य सुरु गरेका छन् ।

अविरल वर्षासँगै गएराति पहिरो आएको थियो । सुरुपमा १२ जना मात्रै पहिरोमा हराएको भनिएपनि पछि अरु पनि सम्पर्कमा नआएको बताइएको छ । वर्षाका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।

यसअघि सिन्धुपाल्चोकमा गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको ज्यान गएको छ भने दुईजना अझै भेटिएका छैनन् ।

यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ गएका छन् । सापकोटा स्थलमार्गबाट विहानै सिन्धुपाल्चोकको बाह्रबिसेको प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal