आज :

भक्तपरमा पुरै परिवारै मृत अवस्थामाः हत्या कि आत्महत्या, अनुसन्धान यसरी हुदैछ

काठमान्डैा । शुक्रबार साझ करिब ५ बजेतिर मध्यपुर थिमि नगरपालिका ९ निकोसेरास्थित एक घरमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परे । श्रिमान सुदिप अधिकारीसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको को सव भेटिएको हो ।

प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाको अनुसार तीनवटै शव सडेर फुलेको अवस्थामा भेटिएको थिए । घरमा जम्मा ३ परिवार थिए तिनै जना मृत भेटिए पछि प्रहरीले अनुसन्धान गर्नको लागी खाषै प्रमाणहरु फेला पारेको छैन् ।

तर पनि अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले मृतकहरुबीच घटना हुनुअघि कुनै बिबाद भएको नदेखिएको बताएको छन् । प्ररम्भिक अनुसन्धान अनुसार घटना जस्ले घटाए पनि योजनाबद्ध रुपमा गरेको हुन सक्ने प्ररारम्भिक अनुमान गरिएको छ ।

प्रहरी अधिकारीहरुले घरको मूलढोका खुलै रहेकोले बाहिरी पक्षबाट घटना घटाएको आशंका गर्न सकिने बताएको छन् ।

त्यसैगरी सव समेत योजनाबद्ध रुपमा पहिलो तलामा कुकुर र कोठाको खाटमा अर्धनग्न श्रिमति मृत फेला परेको थियो । लास सडेर गन्हाइसकेको थियो।
त्यस्तै दोस्रो तलाको अर्को कोठामा छोराको लास खाटमै घोप्टो अवस्थामा भेटिएको थियो । उनको लास फुलेर कालो भइसकेको अनुसन्धानले देखाएकाे छ ।

तर घरको माथिल्लो तलाबाट कौशी बाहिर जाने प्यासेजमा भने श्रिमानकोे लास भेटिएकोले यो हत्या हो या आत्म हत्या छुटाउन गाह्रो भएको प्रहरीले बताएको छन् ।

अहिले घटनास्थलमा फरेन्सिक विज्ञसमेत पुगेर अनुसन्धान भईरहेको छ । ‘ती विज्ञहरुले रिपोर्ट नदिएसम्म अहिल्यै केही भन्न सकिने अवस्था नभएको भक्तपुर प्रहरीहरुले बताएका छन् ।

यता छिमेकीले दिएको बयान अनुसार मुतक आफै घर धनि हुन् । लामो समयदेखी औषधि पसलमा जागीर गर्थे पछि जागिर छोडेर आफ्नै सटरमा किराना पसल गरिरहेको थिए । ति परिवारबिच बारम्बार झगडा भइरहने गरेको थियो । पछिल्लो समय उनीहरुकोबीचमा सामान्य कुटपिट र चर्काचर्की दिनहुँजस्तै हुने गरेको बताएका छन् ।

आफन्तका अनुसार कोरोना भाईरस संक्रमण भएपश्चात् भएको लकडाउनमा उनीहरुको सधैँझै झगडा भईरहेको बताउँछन् । मृतक तीन जनाबीच झगडा परिरहने कारणले पनि विभत्स घटना हत्या नै हो की भनेर धेरैले अनुमान गरेका छन् ।

त्यस्तै उनिहरु घर बैंकले लिलाम गर्ने तयारी गरिरहेको पनि आफ्न्तले बताएको छन् ।

घर नै बैंकले लिलाम गर्ने तयारी गरेपछि घरमा झगडा बढ्दै गएकाे थियो । उनिहरुले २ लाख रुपैयाँ ससुरालबाट लिएको ऋण पनि तिर्न सकेका थिएनन् ।

घटना कैले भएको हो भन्ने एकिन नभएपनि शुक्रबार साँझ सवा ५ बजे उनका भाइ उनलाइ भेट्न जादा दाजु, भाउजु र छोरा मुत भएिका थिए । उनले प्रहरीलाई खबर गरेपछि अनुसन्धान सुरु भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal