आज :

सेनिटाइजरमा विषालु रसायन भेटियो, यि ५कम्पनिको सेनिटाइजर प्रयोग नर्गन सरकारको आग्रह

काठमान्डौं । हाल बिश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट बच्न हामि ह्याण्ड सेनिटाइजर प्रयोग गरिरहेका छौ । तर पछिल्लो समय नेपालमा केहि कम्पनिको सेनिटाइजरमा विषाक्त रसायन भेटिएको छ । ति कम्पनिको सेनिटाइजर प्रयोग नगर्न सरकारले आग्रह गरेको छ ।

त्यस्तै सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक पनि लगाइ सकेको छ । उक्त रसायनले मानिसको सरिरमा तथा स्वास्थ्यमा गम्भीर असर पार्ने जनाएको छ । त्यस्तै उत्पादन तथा विक्री वितरण रोक्का राख्न विभागले सुचना जारी गरेको छ ।

आज औषधि व्यवस्था विभागले एक सुचना जारी गदै विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएको जनाएको छ ।

विभागले नेपाल कायाकल्प उद्योग भक्तपुर तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम कम अर्बल प्रोडक्ट र सूर्यमुखी अर्बल काठमाडौंले उत्पादन गर्दै आएको ह्याण्ड सेनिटाइजरमा विशाक्त रसायन समावेश भएको पाइएकोले प्रयोग नगर्न शनिबार एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

यसैिच शनिबार दिउसाे सम्म र हिजो शुक्रबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेश बिफिङपछि गरी थप ६ जनाको निधन भएको छ ।

निधन हुनेमा २ जना काठमाडौ उपत्यकाका समेत रहेको छन् । आज बिहान १ जना उपत्यकको ललितपुरको पाटन अस्पताल र १ जनाको मेघा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

त्यस्तै शनिबार विहान पोखरामा एकजना कोरोना स्रमितको निधन भएको छ । उनि स्याङ्जाका हुन् संक्रमितको निधन भने पोखरामा उपचारको क्रममा भएको हो ।

स्याङ्जामा ज्यान गुमाउने ८५ वर्षका पुरुष हुन् । उनि स्याङ्जा पुतलीबजारका हुन् । त्यस्तै, शुक्रबार करिब १२ बजे पछि रुपन्देहीको बुटवलमा पनि कोरोना संक्रमणका कारण एक पुरुषको निधन भएको छ ।

त्यस्तैगरी शनिबार चितवनमा पनि कोरोनाभाइरसका कारण एक जनाको निधन भएको पुष्टि भएको छ । हाल सम्म कोरोनाभाइरस संक्रमणका कारण निधन नेपालमा ३ सय २७ ज्यान गुमाई सकेको छन् । तर स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पुष्टि गर्न बाकि छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal