आज :

शनिबार मध्यदिन काठमान्डौमा २ सहित थप ५ जनाको निधन

काठमान्डौं । आज (शनिबार) बिहान र हिजो शुक्रबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेश बिफिङपछि गरी थप ६ जनाको निधन भएको छ ।

निधन हुनेमा २ जना काठमाडौ उपत्यकाका समेत रहेको छन् । आज बिहान १ जना उपत्यकको ललितपुरको पाटन अस्पताल र १ जनाको मेघा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

त्यस्तै शनिबार विहान पोखरामा एकजना कोरोना स्रमितको निधन भएको छ । उनि स्याङ्जाका हुन् संक्रमितको निधन भने पोखरामा उपचारको क्रममा भएको हो ।

स्याङ्जामा ज्यान गुमाउने ८५ वर्षका पुरुष हुन् । उनि स्याङ्जा पुतलीबजारका हुन् ।

त्यस्तै, शुक्रबार करिब १२ बजे पछि रुपन्देहीको बुटवलमा पनि कोरोना संक्रमणका कारण एक पुरुषको निधन भएको छ ।

त्यस्तैगरी शनिबार चितवनमा पनि कोरोनाभाइरसका कारण एक जनाको निधन भएको पुष्टि भएको छ । हाल सम्म कोरोनाभाइरस संक्रमणका कारण निधन नेपालमा ३ सय २७ ज्यान गुमाई सकेको छन् । तर स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पुष्टि गर्न बाकि छ ।

नेपालमा कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या दिनदिनै बढिरहेको छ । शनिबर विहानसम्म आइपुग्दा कोरोना जित्नेको संख्या ३७ हजार नजिक पुगेको छ ।

शुक्रबार थप ९७२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको थियो । शुक्रबार कोरोना जित्नेको कुल संख्या ३६ हजार ६७२ पुगेको थियो । यो संख्या शनिबार विहानसम्म आउँदा बढेर ३७ हजार नजिक पुगेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal