आज :

नेपालमा ३७ हजार जनाले कोरोनालाई जिते, शनिबार विहानै थप एक जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या दिनदिनै बढिरहेको छ । शनिबर विहानसम्म आइपुग्दा कोरोना जित्नेको संख्या ३७ हजार नजिक पुगेको छ ।

शुक्रबार थप ९७२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको थियो । शुक्रबार कोरोना जित्नेको कुल संख्या ३६ हजार ६७२ पुगेको थियो । यो संख्या शनिबार विहानसम्म आउँदा बढेर ३७ हजार नजिक पुगेको बताइएको छ ।

कुल ५१ हजार ९१९ संक्रमितमध्ये अब १४ हजार ९२५ जना क्वारेन्टि तथा आइसोलेसन र अस्पतालहरुमा उपचार गराइरहेका छन् । धेरैको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताइएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा बोल्दै मन्त्रालयको प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९६ कोरोना संक्रमित थपिएका जानकारी दिएका थिए ।

जसमा काठमाडौंमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म उपत्यकामा कोराना संक्रमितको संख्या १० हजार ७ सय ८ पुगेको थियो । त्यो संख्या शनिबार बढेक छ । शुक्रबार देशभर थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण भएकाे पुष्टि भएको थियो ।

मन्त्रालयका प्रबक्ता डा. गौतमले शनिबार थप ५ जनाको कोरोनाका कारण जु का अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४९२५ छ । ८२९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६६३४ होम आइसोलेसनमा रहेको छन् ।

शुक्रबारसम्म नेपालमा ८ लाख २१ हजार १८६ जनाको पीसीआरबाट कोरोना परीक्षण गरिएको छ । त्यसैगरी क्वारेन्टिमा ६ हजार ७८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच कोरोनाका कारण शनिबार विहानै थप एकजनाको ज्यान गएको छ । स्याङ्जाका एक संक्रमितको पोखरामा उपचारको क्रममा ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसियुमा भर्ना भई उपचाररत स्याङ्जा पुतलीवजार नगरपालिका – १ का ८५ वर्षीय पुरुषको शनिबार विहान ६:३२ बजे उपचारको क्रममा निधन भएको निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले जानकारी दिएका छन् । भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२३ पुगेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशबाट ५ हजार ४६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । शुक्रबार थप ६ जना कोरोना संक्रमणमुक्त भएसँगै यो संख्या पुगेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले शुक्रवार कैलालीका ५ र कञ्चनपुरका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ५ सय एक निको भएर घर फर्किएका छन्। यस्तै डोटीका ९ सय सात, अछामका ८ सय ९३, कञ्चनपुरका ६ सय ७४, बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ६४, बैतडीका तीन सय २५, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार चार सय नाघेको छ भने उनीहरु मध्ये १४ जनाको ज्यान गएक छ ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal