आज :

कोरोना कहरबीच एक दिवसीय क्रिकेटः इङ्ल्याण्डसँग अष्ट्रेलिया १९ रनले विजयी

काठमाडौं । कोरोन कहरबीच भएको एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले इङ्ल्याण्डलाई पराजित गरेको छ । पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया १९ रनले विजयी भएको हो ।

इङ्ल्याण्डले  २ सय ९५ रनको लक्ष्य पछ्याएर ९ विकेट गुमाउँदै २ सय ७५ रनमै सिमित भयो । साम विलिङ्सले शतकीय इनिङस् खेले पनि टिमलाई जिताउन सकेनन् । उनले १ सय १८ रन बनाए ।

त्यसैगरी जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाए । अरु खेलाडीले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । यसअघि, अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो ।

खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको योगदान दिँदै खेललाई उकासेका थिए । यस्तै मिचेल मार्शले ७३ रनको अर्धशतकीय इनिङस् खेले ।  छैठौं विकेटको लागि म्याक्सवेल र मार्शले १ सय २६ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स उकासेका थिए । त्यस्तै मार्कुस स्टोनिसले ४३ रन जोड्दा मार्नुस लेबासचेन्नीले २१ रन बनाए ।

कप्तान आरोन फिन्च १६ रनमा आउट हुँदा ओपनर डेभिड वार्नर ६ रनमा पेभेलियन फर्किए । इङ्ल्याण्का मार्क उड र आर्चर जोफ्राले ३-३ विकेट लिए भने आदील राशिदले २ तथा क्रिस वोक्स्ले एक विकेट लिए ।

तीन खेलको श्रृङ्खला अन्तर्गतको दोस्रो एकदिवसीय आइतबार हुनेछ । यस्तै अन्तिम खेल बुधबार हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal