आज :

फेरि बढे कोरोना संक्रमित, शुक्रबार थप १ हजार ४५४ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा फेरि कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले शुक्रबार दिउँसो नियमित प्रेस ब्रिफिङमा दिएको जानकारीअनुसार देशभर थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । एक हप्तादेखि हजार वरिपरी रहेको संक्रमण दर शुक्रबार १४ सय नाघेको हो ।

केही दिन संक्रमितको संख्या भन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढेको थियो । तर, शुक्रबार निको हुने भन्दा संक्रमित झण्डै दोब्बर पुगे । अब नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

त्यसैगरी शुक्रबार कोरोनामुक्त भएर ९७२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमका अनुसार थप ५ जनाको ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ । देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal