News Portal

  • थप १४५४ सक्रमित, ३६ हजार बढि निको

    डबली संवाददाता२०७७ भदौ २६ गते
    १४४ पटक

    काठमान्डौं । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा बोल्दै मन्त्रालयको प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण भएकाे पुष्टि गरेकाे छन् ।

    यो हाल सम्म नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ ।

    त्यस्तै प्रबक्ता डा. गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ । ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्।

    आज थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका जानकारी दिएको छन । आजको सहित हालसम्म ३६ हजार ६७२ उपचारपछि निको भएर घर फर्किएको छन् ।

    प्रतिकृया दिनुहोस्