आज :

विदेशीगल्लीमा भोकै छट्पटीएका श्रमिकलाई निशुल्क उद्वार गरिनु पर्छ–नेपाली मजदुर एकता समाज

काठमान्डौं । नेपाली मजदुर एकता समाजले विदेशीगल्लीमा भोकै छट्पटीएका श्रमिकलाई नेपाल फर्कने बाताबरण बनाईदिन सरकार समक्ष माग गरेको छ । साथै एकदमै समस्यमा परेको श्रमिकलाई निशुल्क उद्वार गरि दिन सरकारको ध्यान आकर्षण् गराएको छ ।

बिहिबार एकता समाजका अध्यक्ष तेज बहादुर कार्की र कार्यवाहक महासचिव दिलिप भट्टराई “समर्पण“ द्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘ स्वदेश बाट समेत आर्थिक मगाएर टिकट काट्न नसक्ने युएईको फ्लेक्स कम्पनीका १७ जना जस्तै हजारौं श्रमिक अहिलेसम्म पनि विदेशी गल्लीमा भोकै तिर्खै छट्पटी रहनुको पीडा शब्दमा अभिव्यक्त गर्न नै सकिन्न । यस्तो गम्भीर संवेदनशील अवस्था सिर्जना भएको हुदा प्रवासमा अलपत्र नेपालीहरु निशुल्क उद्वार गरिनु पर्दछ । ’

त्यस्तैगरी अलपत्र श्रमिकहरुलाई उनीहरुको वास्तविक अवस्थाको पहिचान गरि जतिसक्दो चाडै निशुल्क स्वदेश फर्काउन तथा बाध्यतावस क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था भएको खण्डमा नेपाल सरकारले राज्यकोष अथवा अन्य कुनै वैकल्पिक श्रोतहरुको खोजी गरि अलपत्र श्रमिकलाई सहज रूपमा जतिसक्दो चाडै स्वदेश फर्किने वातावरण बनाउन नेपाल सरकार समक्ष माग माग गरेको छ ।

बिज्ञप्तिमा विभिन्न देशमा त्यहाँको सरकारले निर्धारण गरेको ओभरस्टे फाइन नेपाल सरकार द्वारा कुटनैतिक पहल गरि मिनाहा गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
त्यस्तै पछिल्लो चरण व्यवसायीक फ्लाइट मार्फत तय गरिएको हवाइ भाडादर अत्यन्तै महँगो भएको कारण उचित भाडादर कायम गर्न पनि माग गरेको छ ।

त्यस्तै स्थापना देखि नै श्रमिक हरुको पक्षमा नेपाली मजदुर एकता समाज निरन्तर आवाज उठाउदै आएको स्मरण गराउदै बिज्ञप्तिमा अगाडि भनेको छ विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण विश्वका अधिकांश मुलुकमा गम्भीर असर पारेको बारेमा हामी सबैमा सर्वबिधितै छ ।

यसको प्रत्यक्ष मारमा मुख्यत खाडी मुलुक युएई, साउदी अरेबिया,मलेसिया,कतार लगाएतका विभिन्न देशमा श्रमिकको रूपमा कार्यरत नेपालीहरु दाजुभाइ दिदिबहिनीहरु माथी पनि गम्भीर असर पुर्याएको छ ।

तत्कालीन अवस्था देखि रोजगार गुमाएका भिसा अवधि सकिएका तथा स्वास्थमा समस्या सिर्जना हुन पुगि अस्वस्थ भएका लगाएत विभिन्न कारण स्वदेश फर्किन नपाएका श्रमिक दाजुभाइ दिदिबहिनीहरु आज सम्म पनि अलपत्र अवस्थामै रहेका छन् । उनिहरुलाई समयमै वैकल्पिक व्यवस्था गरि नेपाल सरकारले स्वदेश फर्काउन नसक्नु दुःखद पक्ष हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal