आज :

थप १ हजार २४६ संक्रमित, ३५ हजार ७०० संक्रमणमुक्त

काठमान्डौं । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जनाएकाे छन् । अाजकाे सहित कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको जनाएको छ ।

आज नेपालमा १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । आजको सहित कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार आज थप ५ निधन भएको छ । हाल सम्म नेपालमा कोरोनाबाट निधन हुनेको कुल संख्या ३१७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ । जसमध्ये ८ हजार १० जना संस्थागत आइसोलेसनमा र ६ हजार ४३८ जना होम आइसोलेसनमा बसिरहेका छन् ।

त्यसैगरी आज ११ हजार १४४ जनाको आरटीपीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ । आजको सहित नेपालमा ८ लाख १० हजार ४८५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।

यसैबिचमा आज मात्र झापाको कनकाई नगरपालिकामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कनकाई नगरपालिका वडा नम्बर ३, टप्पुमा परिवारका सबैजनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा १४ वर्षीय नातिदेखि ८४ वर्षीया हजुरआमासम्म छन् ।

त्यस्तै कोरोना महामारी िनयन्तण काे लागि गरिएकाे २१ दिन लामो निषेधाज्ञा काठमान्डौ उपत्यकामा केही खुकुलो भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal