News Portal

  • लाईसन्स नबिकरण आईतबारबाट हुने ( सुचना सहित)

    डबली संवाददाता२०७७ भदौं २५ गते
    १८३ पटक

    काठमान्डौं । कोरोना को कारण लामो समयदेखि रोकिएको लाईसन्सको नबिकरण आईतबारबाट हुने भएको छ ।
    आज यातायात व्यवस्था कार्यालय बागमति प्रदेशले एक सुचना जारी गदै आएतबारबाट सवारी चालक अनुमति पत्र नबिकरणको काम सुरु थाल्ने बताएको हो । नया लाईसन्सको लागी भने सुचना गरेको छैन् ।

    यसअघि भदौ ८ गते कार्यालयले एक सूचना जारी गर्दै बन्दाबन्दीका कारण नवीकरण गर्न नपाएकाहरुलाई भदौ मसान्तसम्म नवीकरण गर्दा लकडाउन र निषेधाज्ञाको अवधिमा लाइसेन्स म्याद सकिएकाहरुलाई जरीमाना नलाग्ने जनाएको थियो।

    अन्य सेवाहरु भने कार्यालयले अर्को सूचना सार्वजनिक नगरेसम्म स्थगित गरेको उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्