
काठमान्डौं । प्रधानसेनापति पुर्णचन्द्र थापाले प्रधानमन्त्रि केपी शर्मा ओलीको शासनशैलीमाथि असुन्तुष्टि बढ्दै गएको र देशमा चाडै अःिथरता र अन्योलको स्थिति सिर्जना हुदैछ भन्ने अभिब्यक्ति दिएको छन् । उनको कार्यकाल २ वर्ष पुगेको अवसरमा सेनाले आयोजना गरेको एक विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हुन् । उनले यस्तो अभिव्यक्ति दिएपछि शाशकहरुमा तरङग उत्पन्न भएको छ ।
कार्यक्रममा प्रधानसेनापति थापाले आफ्नो २ वर्षे कार्यकालको समीक्षा गर्दै नेपालको राजनीति तरंगित भएको बताएको छन् ।
उनले विप्लव निकट नेकपाको नाम नलिई अप्रत्यक्ष रुपमा प्रधानमन्त्री ओलीको शासनशैलीमाथि असुन्तुष्टि जनाएको केही समुह प्रायोजित रूपमा वा व्यक्तिगत स्वार्थमा बम–बारुदको बाटोमा अघि बढ्ने सम्भावना रहेको भनेकाे छन् ।
त्यस्तै गरी थापाले स्थानीय, प्रादेशिक र राष्ट्रिय क्षमतामा दबाब थपिने पनि जनाएको छन् । ‘महामारी जति फैलिन्छ, स्थानीय, प्रादेशिक र राष्ट्रिय क्षमताहरूमाथि त्यति नै दबाब थपिँदै जाने उल्ल्ेख गरेको छन् । बढ्दो जनआकांक्षाबीच सुरक्षा चुनौती थपिने सम्भावना त्यत्तिकै रहेको बताएको छन् ।
प्रधानसेनापति थापाले सेनाको कमान्ड सम्हालेको बुधबार २ वर्ष पुगेको छ । उनले सेनाको संरचना सुधार गर्न धेरै प्रयास गरेपनि सेनामा भएका विकृति र भ्रष्टाचार भने रोक्न सकेको छैनन् । तर सेना भित्र बढिरहेको भ्रष्टाचारमा संलग्न कर्णेललाई कारबाही गरे पछि भने चर्चामा रहेकाे थिए ।