आज :

५ दिन बेपत्ता पारी किशोरी बलात्कार, मुद्धा लावरबाही गर्ने प्रहरीलाई नियन्त्रण

काठमान्डौं । कन्चनपरमा एक जना किशोरीलाई ५ दिन बेपत्ता पारी बलत्कार गरिएको छ । यही भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी १९ गते मात्र सम्र्पकमा आएकी थिईन् । उनलाई ५ दिनपछि १९ गते प्रहरीले फेला परेको थियो ।

किशोरीलाई फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो । पछि िकशाेरीले जबर्जस्तीकरण  गरेकाे बताएपिछ त्यसै  अनुसार  मुद्दा गरेपछि सोहीअनुसार अनुसन्धान भईरहेको छ । अनुसन्धानमा क्रममा एक प्रहरी पनि मुछिएका ठहर भएको छन् ।

अनुसन्धामा लावरबाही गर्ने कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ ।

उक्त घटनामा भनिएका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक थापाका अनुसार किशोरीले आफूलाई ५÷६ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन् ।
हाल किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउद पक्राउ परेको छन् । र अन्यको खोजी जारीे छ । सामूहिक बलात्कृत भएकी युवतीको मेडिकल जाँचपछि अहिले सेफहाउसमा राखिएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal