आज :

काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण, देशभर ४८ हजार बढि संक्रमित

काठमान्डौ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएको छन् । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३०६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर मंगलबार थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।

हाल नेपालमा १४ हजार ८६८ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार ८ हजार ०५३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन् । क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ छ । यस्तै १४४ आइसीयूमा उपचार भइरहेको छन् । त्यस्तै २३ जना भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६११ नमूनाको पीसीआर परीक्षण भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal