आज :

कोरोना कारण नेपालमा थप ६ जनाको ज्यान गग्यो, ९०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप  ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले मंगलबार देशभर थप ६ जनाको ज्यान गएको जानकारी दिएको छ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

त्यसैगरी देशभर थप ९०२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँ उपत्यकासहित देशभर नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोनाबाट ४८ हजार १३८ जना संक्रमित भएका छन् ।

मंगलबार थप २२८७ जनाले कोरोना जितेर घर फर्र्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ३२ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने प्रतिशत बढेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal